काठमाडौं । हाँस्य टेलि श्रृङखला भद्रगोलका जोडी कुमार कट्टेल जिग्री र रक्षा श्रेष्ठ बिवाह बन्धन बाँधिएका छन् । तर उनीहरुको बिवाह ‘रियल लाइफ’मा नभएर ‘रिल लाइफ’मा हो । टेलि श्रृङखला भद्रगोलका लागि उनीहरु बिवाह बन्धनमा बाँधिएका हुन् ।
उक्त टेलिफिल्मका लागि खिचिएको फोटो रक्षा आफैले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेकि छिन् । ‘Jigri jhatte
N Rakshya maichang. During our shooting. bhadragol’ भन्दै स्ट्याटस पोष्ट गरेकि छिन् । रक्षाले पोष्ट गरेको फोटोमा कतिपयले रिलमा मात्रै नभइ रियल लाइफमा पनि देख्न पाउँ भन्ने प्रतिक्रिया दिएका छन् । कतिपयले राम्रो जोडी भन्दै प्रतिक्रिया दिएका छन् । तर वास्तविक जीवनमा भने रक्षा बिबाहित हुन भने जिग्रि अबिबाहित हुन् ।
जिग्री र रक्षाको जोडी भद्रगोलमा सुरुवाती चरणदेखि चर्चित जोडी हो ।