वैशाख २६–चितवनमा आज विहान चट्याङ लागेर वडा सदस्य उम्मेद्वारको मृत्यु भएको छ ।माओवादी (केन्द्र)बाट कालिका नगरपालिका वडा नंं.११ को वडा सदस्यका उम्मेद्वार सोफल चेपाङको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।पहाडी क्षेत्र सिद्धि घर भएका चेपाङको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । आज विहान मेघगर्जनसहितको वर्षा हुँदा चट्याङ लागेर चेपाङ घाईते भएका थिए ।