जिबन रानाभाट ।
बैशाख २४, भरतपुरबाट करिब ४० किलोमिटर दक्षीणमा पर्ने माडी उपत्यकामा पछील्लो समय होटेल ब्यबसाय फस्टाउदै गएको छ। चनौली जगतपुर ३३ के,भी प्रसारण लाइनले माडीमा बिजुली बितरण सुरु गरे संगै होटेल ब्यबसायमा लगानी गर्ने लगानीकर्ताको सख्या बढेको हो। होटेल ब्यबसाय फस्टाए संगै आन्तरीक तथा बाह्य पर्येटकको सख्यामा बृद्दि हुने स्थानीयले बिश्वास लिएका छन।

माडीमा पर्येटकहरुलाइ लोभ्याउन सक्ने धेरै स्थलहरु भएपनी त्यसको उचित प्रचार प्रसार नहुदा ओझेलमा परेका छन ति स्थलहरुको संरक्षण गर्न सके त्यसको फाइदा माडीबासीले लिन सक्ने स्थानिय बासीन्दाले बताएका छन। माडीमा सोमेश्वर,बैकुण्ड,गोद्दक,परशुरामकुण्ड,माछा पालन, जस्ता धेरै स्थानहरु रहेका छन।

माडीका होटेल ब्यबसायी नारायण सुबेदीले माडीमा धेरै होटेलहरु सन्चालनमा आउनु खुशीको कुरा भएको र आगामी दिनमा अझै ठुला ठुला होटेल सन्चालनमा आए माडीको बिकासमा धेरै सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नु भयो। अहिले माडीमा धेरै होटेलहरु सन्चालनमा रहेका छन ती मध्ये माडी कटेज,रेवा लज, अशोक होटेल, कृस्टीना गेस्ट हाउस,नसीब होटेल आदी रहेका छन।