फाल्गुन २५ (मार्च ९ ) मा बलिउड स्टार सलमान खान नेपाल आउने पक्का भएको छ । सांगीतिक कार्यक्रम ‘दबंग द टुर’ अन्तर्गत नेपाल आउन लागेका हुन् । यसअघि सलमान आउने भनिए पनि उनी आँफैले भने भनेका थिएनन् ।
पछिल्लो फिल्म ‘टाइगर जिन्दा है’ को सफलता साट्ने क्रममा बलिउड हंगामासँग कुरा गर्दै सलमानले नेपाल पनि सेड्युलमा रहेको बताएका हुन् ।
सलमान सन् १९९४ पछि दोस्रोपल्ट नेपाल आउन लागेका हुन् । सलमान फाल्गुन २५ (मार्च ९ ) मा बिहान काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा अवतरण गर्नेछन् ।
उनी तीन दिनका लागि नेपाल आउन लागेको आयोजक ओडीसी इन्टरटेनमेन्टले जनाएको छ । कन्सर्टको लागि सलमान फाल्गुन २५ (मार्च ९) मा नेपाल आउने सलमान तीन दिन नेपाल बस्नेछन् । सलमान फाल्गुन २७ (११ मार्च)मा पुनः मुम्बई फर्किनेछन् ।
सलमानसँगै कार्यक्रममा नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भांगडा डान्सर ‘मिड बोस’ पनि आउने छन् । कन्र्सटमा सलमान र कट्रिनाले एकासाथ स्टेजमा प्रस्तुति दिने भएका छन् । उनले करिब ३ घण्टा स्टेजमा बिताउने आयोजकले जनाए ।
‘दबंग द टुर’ मार्च १० अर्थात फागुन २६ मा टुडिखेलमा हुनेछ । मार्च १० मा हुने कार्यक्रमको लागि १२ बजेबाट नै गेट खुल्ला गरिने बताइएको छ । सलमान साढे ६ बजे स्टेजमा देखा पर्ने छन् ।
टुँडिखेलमा हुने कन्सर्टको टिकटको मूल्य ३ हजारदेखि १० हजार रुपैयाँसम्म हुनेछ । हङकङबाट सुरु भएको टुर न्युजिल्यान्ड, अस्ट्रेलिया इन्डियामा भैसकेको छ भने अमेरिकामा हुन बाँकी छ ।
भिडियो:-